२४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु — OSNepal

२४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण, तीन जनाको मृत्यु

LC (KTM) November 18, 2021 0

विराटनगर, २ मङ्सिर-पछिल्लो २४ घण्टामा प्रदेश नं १ मा ४७ जनामा कोरोना सङ्क्रमण भएको छ । कूल ४४१ जनाको पीसीआर परीक्षण गर्दा ४५ र ५५ जनाको एन्टिजेन परीक्षण गर्दा दुई जनामा सङ्क्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा २०, मोरङमा १५, सुनसरीमा सात, उदयपुर, तेह्रथुम र पाँचथरमा एक÷एक जनामा सङ्क्रमण देखिएको हो । प्रदेशमा आजै १९ महिलासहित ४१ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् भने एक महिलासहित तीन जनाको मृत्यु भएको बताइएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर