२६ वर्षीय आकाशसहित सात जना जुवाडे नगदसहित पक्राउ — OSNepal

२६ वर्षीय आकाशसहित सात जना जुवाडे नगदसहित पक्राउ

LC (KTM) November 26, 2021 0

बाजुरा १० मंसिर तास खेलिरहेको अवस्थामा प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा बडिमालिका नगरपालिका-८ रावलबाडास्थित कृष्ण रावलको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने २६ वर्षीय आकाश रावल सात जना रहेका छन् ।

बिहिबार राति गोप्य सुचानाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट प्रहरीले नगद ३३ हजौर ३ सय रुपैयाँ सहित बरमत गरेको छ ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर