२६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका १८ वर्षीय किशोरसहित ४ जना पक्राउ — OSNepal

२६ वर्षीय रिजन दाहालको हत्या गरी फरार रहेका १८ वर्षीय किशोरसहित ४ जना पक्राउ

LC (KTM) November 18, 2021 0

मोरङ२ मंसिर । हत्यामा संलग्न रहेका फरार ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको सुन्दरहरैचा नगरपालिका-७ बस्ने २१ वर्षीय बिक्रम खड्का, बुढीगंगा गाउँपालिका-६ बस्ने २४ वर्षीय ईश्वर लिम्बु, सोही ठाउँ बस्ने २० वर्षीय सुदिप उराउ र १८ वर्षीय किशोर रहेका छन् ।

उनीहरुले बुढीगंगा गाउँपालिका-६ बस्ने धनकुटा पाख्रीवास नगरपालिका-४ घर भएका २६ वर्षीय रिजन दाहालको धारिलो हतियार खुकुरी प्रहारबाट हत्या गरेका थिए । खुकुरी प्रहारबाट गम्भिर घाइते भएका रिजालको उपचारको क्रममा अस्पतालमा ज्यान गएको थियो ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । निजहरु उपर जिल्ला अदालत मोरङबाट कर्तव्य ज्यान मुद्दामा ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर