३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बू भक्तपुर नयाँठिमीबाट पक्राउ — OSNepal

३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका लिम्बू भक्तपुर नयाँठिमीबाट पक्राउ

LC (KTM) November 19, 2021 0

काठमाडौं ३ मंसिर । बैंकिङ कसूर मुद्दामा ३० लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका प्रतिवादी एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा
बुढानिलकण्ठ नगरपालिका-३ ठूलोभंगाल, चपली बस्ने ताप्लेजुङ फुलपिङ् नगरपालिका-११ स्थायी वतन भएका ४६ वर्षीय अन्दीराम इजम लिम्बू रहेका छन् ।

आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानीजानी पीडितलाई २०७४ पुस २८ गते सिद्धार्थ बैंक लिमिटेडको चेक काटी दिएको कसूरमा लिम्बुलाई उच्च अदालत पाटनको २०७६ मंसिर १० गतेको आदेशले ५ दिन कैद र ३० लाख रुपैयाँ जरिवाना ठहर गरेको थियो ।

निजलाई शुक्रबार प्रहरी प्रधान कार्यालय केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले भक्तपुर नयाँठिमीबाट पक्राउ गरेको हो । निजउपर उक्त फैसला कार्यान्यवन गर्नका लागि जिल्ला अदालत काठमाडौंमा पेस गरिएको ब्यूरोले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर