३५ किलो तौल घटाएपछि बल्ल फिल्म पाएकी थिइन् सोनमले, फिल्म पाउन सारा कुरा त्याग्नु परेको थियो — OSNepal

३५ किलो तौल घटाएपछि बल्ल फिल्म पाएकी थिइन् सोनमले, फिल्म पाउन सारा कुरा त्याग्नु परेको थियो

LC (KTM) July 30, 2021 0

अभिनेत्री सोनम कपुर आफ्नो फिटनेस तथा स्टाइलका लागि सधै चर्चामा रहदै आएकी छिन् । तर धेरै कमै लाई मात्र थाहा छ कि सोनम लाई यस ग्ल्यामर्स अवतारमा देखिनका लागि धेरै संघर्ष गर्नुपरेको थियो ।

फिल्म जगतमा आउनु अघि सोनम पोलिसिस्टिक ओभरी सिन्ड्रोम तथा मोटोपन संग जुधिरहेकी थिईन् । यो कुराको खुलासा उनले स्यंम एक अन्र्तबार्ताका क्रममा खुलासा गरेकी थिईन् । जब उनी १९ बर्षकी थिईन् त्यतिबेला सोनमको तौल लभगभ ८६ केजी रहेको थियो ।

जब संजय लीला भन्सालीले सोनमलाई सावरिया फिल्ममा अफर गरे त्यसपछि उनले आफ्नो फिटनेसमा ध्यान दिन सुरु गरिन् । यस फिल्मका लागि उनले एकदमै कडा मेहनत गरिन् । उनले २ बर्षमा नै आफ्नो ३५ केजी तौल घटाउन सफल भएकी थिईन् ।

उनले आफ्नो खानामा जंक फुड र तारेको भुटेको खाना बन्द गरेर आफ्नो तौल घटाउने यात्रा सुरु गरेकी थिईन् । उनले आफ्नो शरीरलाई शेपमा ल्याउनका लागि वर्कआउट तथा योगा समेत गरेकि थिईन् । उनले हरेक दिन ३० मिनेट कार्डियो समेत गर्ने गरेको बताएकी छिन् । उनले मिठो तथा गुलियो खानालाई कटौती गर्दै सुखा मेवा, फल तथा नरिवलको पानी पिउने गरेकी थिईन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर