३५ दिनको ट्राफिक प्रशासन तालिम संचालन — OSNepal

३५ दिनको ट्राफिक प्रशासन तालिम संचालन

LC (KTM) November 17, 2021 0

काठमाडौँ १ मंसिर । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथमा ट्राफिक प्रशासन २२औं समूहको तालिम मंगलबारबाट संचालन भएको छ ।

तालिम उद्‌घाटन सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले गरेका छन् ।

उद्घाटन कार्यक्रममा उनले संगठनको उद्देश्य बमोजिम संचालित तालिममा प्रशिक्षार्थीहरुले ट्राफिक प्रहरीले गर्नुपर्ने व्यवसायिक कामको बारेमा आवश्यक ज्ञान हासिल गर्न उत्साहित, इच्छुक, लगनशील र अनुशासित हुनुपर्ने बताएका छन् ।

३५ दिनको यस तालिममा प्रहरी नायव निरीक्षक ११ जना र प्रहरी सहायक निरीक्षक २९ जना गरी जम्मा ४० जना प्रशिक्षार्थीहरुको सहभागिता रहने कार्यक्रममा तालिम संयोजक प्रहरी नायव उपरीक्षक सुगन्ध श्रेष्ठले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर