३ छोराछोरीको साथमा मालदीवमा मस्ति गर्दै टिभि सिरियलका अभिनेता करणबिर बोहरा — OSNepal

३ छोराछोरीको साथमा मालदीवमा मस्ति गर्दै टिभि सिरियलका अभिनेता करणबिर बोहरा

LC (KTM) November 28, 2021 0

टेलिभिजनका पपुलर एक्टर करणबीर बोहरा यतिबेला पत्नी टीजे सिद्धु तथा ३ छोराछोरीको साथमा मालदीवमा क्वालिटी टाइम स्पेण्ड गरिरहेका छन् । भ्याकेसन बाटै उनको अहिले सम्म एकदमै शानदार तस्बिरहरु शेयर भइरहेका छन् । उनले शेयर गरेका हरेक तस्बिरले यो जोडीलाई एकदमै रोमान्टिक जोडीको प्रमाणको रुपमा समेत ब्यक्त गरेको छ ।

तर यो फोटोको पछाडीको वास्तबिकता कस्तो थियो भन्ने बारे करणबीरले सार्वजनिक गरेका छन् । करणबीरले एक फोटोशुटको बिटीएस भिडियो शेयर गरेका छन् । यसमा टीजेको रोमान्टिक पोज संझाईरहेको देखिन्छ । पत्नीले पोज संझिए पछि परफेक्ट क्लिकका लागी करणबीरले लामो समय सम्म बेंडिंग पोजिसनमा पत्नीलाई काखमा राख्नु पर्ने हुन्छ ।

उनले आफ्नो फोटोग्राफरलाई चाँडै फोटो लिन आग्रह गर्छन् । जब शुट सकिन्छ त्यतिबेला उनले राहत महसुस गर्दै लामो स्वास फेर्छन् । करणबीर भन्छन्– म ८० किलोको छु फेरी पनि यो ६० किलो म माथि भारी हुन्छ , उनकी पत्नी टीजे पनि के कम जवाफ फर्काईहाल्छिन्– म माथि सबै आरोप लगाईरहेका छन् । यो जोडीले मालदिवमा भएका राम्रा राम्रा फोटाहरु शेयर गर्दै आईरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर