४२ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालक तालिम प्रदान — OSNepal

४२ जना प्रहरी कर्मचारीहरुलाई सवारी चालक तालिम प्रदान

LC (KTM) November 23, 2021 0

काठमाडौँ ७ मंसिर । प्रहरी प्रधान कार्यालय सवारी महाशाखाले ४२ जना प्रहरी कर्मचारीहरुलाई हलुका सवारी चालक तालिम प्रदान गरेको छ । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा सोही महाशाखामा संचालित हलुका सवारी चालक तालिम २३औं समूह अन्तर्गत उनीहरुलाई उक्त तालिम प्रदान गरिएको हो ।

मंगलबार आयोजित कार्यक्रममा तालिम समापन गर्दै सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक ई। नरोत्तमलाल प्रधानले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण समेत गरेका छन् ।
उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक प्रधानले नयाँ प्रविधियुक्त सवारी साधनबारे समयसापेक्ष ज्ञान दिई सवारी चालकहरूको दक्षता अभिबृद्धि गर्न तालिम प्रदान गरिएको बताउका छन् । तालिममा दिलाएको ज्ञान सीपलाई अधिकतम उपयोग गरी आफ्नो कार्यक्षेत्रमा लागू गरेमा मात्र संगठनको उद्देश्य पूरा हुने उनले उल्लेख गरेका छन् ।

कार्यक्रममा तालिम सम्बन्धि प्रतिवेदन प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक ई।कमलेन्द्रलाल कर्णले गत असोज ६ गतेदेखि संचालित उक्त तालिममा प्रहरी हवल्दार १ जना र प्रहरी जवान ४१ जना गरी जम्मा ४२ जना प्रशिक्षार्थीहरुले तालिम हासिल गरेको जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर