४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न — OSNepal

४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न

LC (KTM) December 02, 2021 0

उदयपुर, १६ मंसिर – घरेलु तथा साना उद्योग कार्यालय उदयपुरले सञ्चालन गरेको ४५ दिने एड्भान्स सिलाई कटाई तालिम सम्पन्न भएको छ ।

गाईघाटको जगत भवनमा तालिम समापन भएको हो । जिल्ला सम्मन्यन समितिको उपप्रमुख गंगा राईले घरेलु तथा साना उद्योग कार्यालयले सञ्चालन गरेको सिलाई कटाई तालिममा सहभागीहरुलाई प्रमाण पत्र दिएका हुन ।

‘उद्योग र पूर्वाधार, समृद्धिको आधार’ नाराका साथ सञ्चालित ४५ दिने तालिममा त्रियुगा नगरपालिका भित्रका १२ जना महिलाको सहभागिता रहेको थियो ।

प्रशिक्षक ज्ञानु प्रधानका अनुसार वडा, नगर र जिल्लाबाट सहयोग पाए महिलालाई आर्थिक तथा व्यवसायीक रुपमा निकै अगाडि लग्न सकिनेछ ।

छोटो समयको तालिममा धेरै कुरा सिक्न पाएको सहभागी भविमाया विकले बताइन् । चौबन्दी चोली, कुर्ता सुर्वाल, सर्ट पाईन्ट, ग्राउन लगायतका ७ आईटम तालिमका सिकाइएको विकको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर