४८ वर्षीय गिरी कलंकी ढुङ्गेअड्डा पुलबाट यस्तो अवस्थामा पक्राउ — OSNepal

४८ वर्षीय गिरी कलंकी ढुङ्गेअड्डा पुलबाट यस्तो अवस्थामा पक्राउ

LC (KTM) October 03, 2021 0

काठमाडौं १७ असोज ।काठमाडौं महानगरपालिका–१४ कलंकी ढुङ्गेअड्डा पुलबाट एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पूर्व कावासोती नगरपालिका–८ बस्ने पाल्पा चिडापानी–३ घर भएका ४८ वर्षीय बिनोद गिरी रहेका छन् ।

निजलाई प्रहरीले ५० ग्राम सुनको जस्तो देखिने पहेँलो धातुको बाला सहित पक्राउ गरेको हो । गिरीलाई महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले सामान सहित पक्राउ गरेको हो ।

यस विषयमा प्रहरीले थप अनुशन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर