५९ वर्षीया यि हजुरआमा,जसले निर्धक्क भएर वर्षौदेखि ह्याभी ट्रक चलाउँदै आएकी छिन् — OSNepal

५९ वर्षीया यि हजुरआमा,जसले निर्धक्क भएर वर्षौदेखि ह्याभी ट्रक चलाउँदै आएकी छिन्

LC (KTM) December 31, 2021 0

काठमाडौं । ५९ वर्षीया बेगोना उरमेनेटा पछिल्ला दिनमा विश्वभर भाइरल बनेकी छिन् । स्पेनकी दुई सन्तानकी आमा बेगोना उरमेनेटा महिला ट्रक डाइभर भएका कारण चर्चामा छिन् ।

ट्रक चालकको रुपमा काम गर्न बेगोना उरमेनेटाका लागि सधै सजिलो नभएता पनि उनले हिम्मत जुटाएर यो कदम चालेकी हुन् । बृद्ध अवस्थाकी बेगोना उरमेनेटाले आफ्नो पेसालाई सधैँ सम्मान गर्छिन् र स्पेनमा आफू जस्ता अन्य मानिसको आवश्यकता भएको उनले बताउँदै आएकी छिन् ।

सम्बन्धविच्छेद भइसकेकी उनी पछिल्लो २६ वर्षदेखि लामो दुरीको लरी चलाउँदै आएकी छिन् । उनी माछादेखि ड र लाग्दा सामग्रीहरुको ढुवानी गर्दै आएको बताउँछिन् ।
सरकारले धेरै महिला र युवालाई यो क्षेत्रमा आकर्षित गर्न खोजीरहेका बेला बेगोना उरमेनेटा लाखौँ युवाहरुका लागि एउटा उदाहरण बनेकी छिन्।

पूर्वी स्पेनको भेलेन्सियामा बस्ने उरमेनेटा बस्ने यि एकल महिला कयौँ घन्टा एक्लै सडकमा ट्रक चलाउँछिन् र यो काममा उनलाई कुनै पनि किसिमको समस्या छैन । उनले आफ्नो ट्रकको विन्डस्क्रीनमा एउटा चिन्ह राखेकी छन् । जसमा लेखिएको छ, ‘महिला ट्रक चालक मेरो पेशा, मेरो इच्छा ।’ युरोपियन ट्रक चालक असोसिएशनका अनुसार युरोपमा मात्रै लगभग ४ लाख ट्रक चालकको कमी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर