७० वर्षका बृद्धले गरे धारिलो हतियार प्रयोग गरेर आफ्नै पत्निको विभत्स हत्या — OSNepal

७० वर्षका बृद्धले गरे धारिलो हतियार प्रयोग गरेर आफ्नै पत्निको विभत्स हत्या

LC (KTM) November 17, 2021 0
nepal police

उदयपुर, १ मंसिर – लिम्चुङबुङ गाउँपालिका–५ जाँते हिम्माका ७० वर्षीय सन्तबहादुर राईले धारिलो हतियार प्रयोग गरी श्रीमतीको हत्या गरेका छन् ।

सन्तबहादुर राईले श्रीमती ५६ वर्षाीया चतुरमाया राईलाई मंगलबार राति २३ः३० बजेतिर धारिलो हतियार प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रहरी नायव उपरीक्षक तथा प्रवक्ता वेदप्रसाद गौतमले जानकारी दिए ।

श्रीमतीकाे हत्या गरेपछि उनले पनि घाँटी रेटेका थिए । उनलाई घाइते अवस्थामा प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय उदयपुरका सूचना अधिकारी वेदप्रसाद गौतमले जानकारी दिए । उनलाई प्रहरीले जिल्ला अस्पताल गाईघाटमा उपचारको लागि ल्याएको छ ।

हत्याको बारेमा थप अनुसन्धानका लागि घटनास्थलमा प्रहरीको टोली खटिएको सूचना अधिकारी गौतमले जानकारी दिए । मृतक चतुरमाया सन्तबहादुरीकी कान्छी श्रीमती हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर