९२ बर्षिय सर्वश्रेष्ठ गायिका लता मंगेशकर गम्भीर बिरामी,अस्पतालमा भर्ना गरियो — OSNepal

९२ बर्षिय सर्वश्रेष्ठ गायिका लता मंगेशकर गम्भीर बिरामी,अस्पतालमा भर्ना गरियो

LC (KTM) January 12, 2022 0

भारतीय चलचित्र जगतबाट एउटा डरलाग्दो खबर बाहिर आएको छ । सबैको मन पर्ने दिग्गज गायिका लता मंगेशकर कोरोनाको चपेटामा परेकी छिन् । ९२ वर्षकी चर्चित गायिकालाई कोरोना संक्रमण भएको छ । उनलाई मुम्बईको ब्रीच क्यान्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकरको उमेरलाई ध्यानमा राख्दै उनलाई अस्पताल भर्ना गर्ने निर्णय गरिएको थियो ।

लता मंगेशकरको परिवार भन्छन्- “दीदीमा कोरोनाको लक्षण कम छ। तर उमेर अनुसार हेरचाह गर्नुपर्ने अवस्था थियो । त्यसैले डाक्टरको सल्लाहमा उनलाई अस्पताल भर्ना गरिएको हो । चर्चित गायकलाई आईसीयूमा भर्ना गरिएको छ । लता मंगेशकरमा कोरोनाको कम लक्षण देखिएको फ्यानका लागि राहतको कुरा हो । लता मंगेशकरको स्वास्थ्यमा सुधार भइरहेको अस्पतालले जनाएको छ ।

लता मंगेशकरलाई कोरोना भएको जानकारी आएपछि बलिउड करिडोरमा हलचल मच्चिएको छ । सेलिब्रेटीहरू सहित फ्यानहरूले कोकिल कण्ठी आवाजकी धनी लता मंगेशकरको शीघ्र स्वास्थ्यलाभको कामना गरिरहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर