१ र २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने निर्णय



काठमाडौं-नयाँ सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्ने निर्णय भएको छ । सरकारले रु १ र रु २ का सिक्कामा लिम्पियाधुरासहितको नक्सा राख्न नेपाल राष्ट्र बैंकलाई स्वीकृति दिने निर्णय आज बसेको मन्त्रिपरिषदको बैठकले गरेको हो ।
यस्तै भोली हुने सार्कस्तरीय अर्थमन्त्रीको भर्चुअल बैठकमा परराष्ट्रमन्त्रीको नेतृत्वमा ३ सदस्य सहभागी हुने निर्णय भएको छ यसै गरी एसियाली विकास बैंकले नेपालको विद्युत प्रणाली सुधारका लागि १८ अर्ब सहुलियत दरको ऋणका लागि वार्ता टोली गठन गरेको छ ।

यस्तै सरकारले असोज १ देखि अन्तर्राष्ट्रिय हवाई उडान खुला गर्ने निर्णय गरेको छ । त्यसका लागि संस्कृति प्रर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले नियमित तथा चार्टर उडानको विमानस्थलको अवस्था हेरेर अनुमति दिने व्यवस्था गरिएको छ ।

Comment