मौषममा बदलाव आए पछि दिल्लीमा अलर्ट , उत्तर भारतका राज्यहरुमा हिमपात — OSNepal

मौषममा बदलाव आए पछि दिल्लीमा अलर्ट , उत्तर भारतका राज्यहरुमा हिमपात

LC (KTM) October 24, 2021 0

भारतको पहाडी राज्यमा बर्षा संगै हिमपात सुरु भएको छ । उत्तर भारतमा मौसम एकदमै ठण्डा बनेको छ । बदलिदो मौषमका कारण देशभर चिसो बढेर गएको भारतीय संचारमाध्यमहरुले जनाएका छन् । राष्ट्रिय राजधानी दिल्ली संगै कैयौ राज्यमा एकदमै तेज संग मौषममा बदलाव आएको छ । मौषम बिभागका अनुसार दील्ली–एनसीआरमा आज हल्का तथा मध्यम बर्षा हुन सक्ने अनुमान गरिएको छ ।

मौषम बिभागका अनुसार भारतको उत्तराखण्ड, हरियाणा, चण्डीगढ, दील्ली, पश्चिम उत्तर प्रदेश तथा राजस्थानमा हल्का तथा मध्यम बर्षाको संभावना रहेको छ । साथै यी क्षेत्रमा ३० देखी ४० किलोमीटर प्रतिघण्टाको रफ्तारमा हावा चल्ने बताइएको छ । राष्ट्रिय राजधानीमा मौषम बिभागले येल्लो अलर्ट जारी गरेको छ ।

दिल्लीमा अधिकतम तापमान ३१ डिग्री सेल्सियस देखी न्युनतम १८ डिग्री सेल्सियस सम्म हुन सक्ने पुर्वानुमान रहेको छ । दिल्ली सहित उत्तर भारतका राज्यहरुमा चिसो बढे संगै जनजिवन प्रभावित भएको छ । जम्मु कश्मिर तथा हिमाचल प्रदेशको उपल्लो भागमा हिमपात भएको छ । त्यहाँको जनजिवन नराम्रो संग प्रभावित भएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर