आज देशका यि यि स्थानमा भारी वर्षाको सम्भाबना



काठमाडौं । अहिले देशभर सामान्य बदली रही केही स्थानमा वर्षा भइरहेको छ । जल तथा मौसम पुर्वानुमानमहाशाखाका अनुसार प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा मेघगर्जन र चट्याङ्ग सहित हल्का वर्षा भइरहेको छ ।

त्यस्तै आज दिउसो देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाका अनुसार प्रदेश १, वाग्मती प्रदेश र गण्डकी प्रदेशका केही स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै आज राती भने देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

Comment