नेपाल आइडल सिजन तीनका सेकेन्ड रनरअप किरण भुजेलसँगको यो रमाइलो कुराकानी भिडियोमा हेर्नुहोस्



नेपाल आइडल सिजन तीनका सेकेन्ड रनरअप किरण भुजेल आइडलको क्रममा नै कोरोना संक्रमित भए। कोरोनाका कारण उनि लामो समय घरमा आइसोलेसनमा बसे। सज्जा चौलागाई विजेता बनेको तेश्रो सिजनमा प्रविन बेडवाल उपविजेता बने।

वाइल्ड कार्ड मार्फत आइडलमा पुनस् प्रवेश पाएका किरण यहाँसम्मको आफ्नो यात्रा ठुलो उपलब्धि रहेको प्रतिक्रिया दिन्छन्।

संगीतकर्ममा नै आफ्नो भविष्य बनाउन अगाडी बढेका किरण केहि बर्षबाट नै यो क्षेत्रमा सक्रिय रहेका छन्। उनको निरन्तरको मिहेनत र गायकीको परिचय उनलाई नेपाल आइडलले अझ परिष्कृत बनाईदिएको छ।

उनले हामीसंगको कुराकानीमा आइडलको यात्रा, सांगीतिक क्षेत्रका कुरा र कोरोना संक्रमित हुँदाको उनको अनुभव साटेका छन् । हेर्नुहोस् भिडियो

Comment