उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा झापाली टीम शिबसताक्षी नगरपालिकाको दोस्रो जित – OSNepal

उपमेयर कप राष्ट्रिय महिला लिग छनौटमा झापाली टीम शिबसताक्षी नगरपालिकाको दोस्रो जित

Loknath Rijal (Jhapa) October 24, 2021 0

उपमेयर कप राष्ट्रिय महिला लिग छनौट प्रतियोगितामा झापाको शिवसताक्षी नगरपालिकाले अपराजित यात्रालाई कायमै राखेको छ । शिवसताक्षीले प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ । एन्फा कम्प्लेक्स सातदोबाटोमा आज भएको खेलमा देवचुली नगरपालिकालाई शुन्यका बिरुद्ध एक गोलले पछि पार्दै शिबसताक्षी बिजयी भएको हो । खेलको ३० औ मिनेटमा शर्मिला राईले गरेको निर्णायक गोलको मद्धतमा शिबसताक्षी बिजयी भएको हो ।

त्यस्तै आफ्नो पहिलो खेलमा शिवसताक्षीले जानकी नगरपालिकालाई चार शुन्य गोल अन्तरले पराजित गरेको थियो । त्यस्तै आजै भएको अर्काे खेलमा काठमाडौं महानगरपालिका र रोङ नगरपालिकाले गोलरहित बराबरी खेल्दै अंक बाँड्न बाध्य भएका छन् । ३१ टोलीले प्रतिस्पर्धा गरिरहेको यस प्रतियोगिताको बिजेताले ५ लाख नगद पुरस्कार पाउने छन् । यस्तै उपविजेताले ३ लाख र फेयर प्ले टिमले ५० हजार पाउने छन् ।

Leave a Reply

Your email address will not be published.

भर्खर

प्रमुख समाचार

Advertisement