ओलीले किन कुलमानलाई रुचाएनन् ?



काठमाडौं । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई पुन देख्न चाहान्थे सारा नेपाली । तर एउटै मान्छे केपी शर्मा ओलीले देख्न नसकेका कारण आज कुलमान घिसिङ काम विहिन बनेका छन् । सच्चा इमान्दार र निष्ठावान् कर्मचारी भएकै कारण ३ करोड नेपालीको दिनमा राज गर्न सफल कुलमानलाई केपी ओलीले चाहीँ किन देख्न सकेनन् ?

आम जनजनले यो प्रश्न गरिरहेका बेला कुलमानलाई दोहोर्याउ भन्दै ओली सरकारका आसेपासे बाहेक सबै नागरिकले आवाज बुलन्द्ध पारेका बेला चर्चित पत्रकार राजु श्रेष्ठले पनि कुलमानलाई एक पटक अझै अवसर दिएको भए उनले नोपालमा चमत्कार गरेर देखाउने थिए ।

तर ओली सरकारले अवसर नदिएपछि पत्रकार श्रेष्ठले फेसबुकमा लामो स्टाटस लेखेर घाटामा गएको कम्पनीका महाप्रवन्धकलाई तीनपटक जिम्मेवारी थप्न हुने, तर १८ घण्टाको लोडसेडिङ हटाउँदै अर्बौं घाटामा पुगेको प्राधिकरणलाई चार वर्षमै अर्बौं नाफा लगेका कुलमान घिसिङलाई पुनर्नियुक्ति गर्न किन गाह्रो भनेर प्रश्न गरेका छन् । पत्रकार श्रेष्ठले सामाजिक संजालमा पोष्ट गरेको उनको भनाई पढ्नुहोस् जस्ताको त्यस्तै

सामाजिक सञ्जालमा फेसबुकमा पत्रका श्रेष्ठले लेखेका छन् :

सरकार को चाहियो सिंह कि घिसिङ ?

पशुपतिनाथको अनुकम्पाले चलेको हाम्रो देशमा एउटा इमान्दार कर्मचारीलाई जिम्मेवारी थप्न जति गार्हो छ, तर एउटा बेइमान कर्मचारीलाई जिम्मेवारी थप्न त्यति नै सजिलो छ ।

जबदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई समय थप्ने कुरा चर्चामा आयो, देशभरिका जनता उनको पक्षमा ओर्लेका छन् । घिसिङको इमान्दारिता र उनको कार्य सफलताको चर्चाले सरकार र सिस्टम दुवैलाई चुनौती दिएको छ । नभए त अहिलेसम्म सरकारले आफ्ना कुनै सम्धी, ज्वाइँ, जेठान, सालो नभए घरबेटीलाई भएपनि नियुक्ति दिसक्या हुन्थियो । आजभोली हाम्रो देशमा यस्तै हुदै आएको पनि छ ।

कस्तो अचम्मको हाम्रो देश, जसले १८ घण्टाको अत्यास लाग्दो लोडसेडिङको अन्त्य गर्यो, चुहावटलाई रोक्यो र अर्बौं रुपैयाँ नाफा कमाएर दियो त्यस्ता इमान्दार कर्मचारीलाई एकपटक जिम्मेवारी थप्न सरकारलाई निकै गार्हो भएको छ ।

तर हेटौडा सिमेन्ट कारखाना प्रा. लि. जहाँ बर्षेनी करौडौ रुपैयाँको नोक्सानी थपिँदो छ । जहाँ कारखाना संचालन भन्दा बढी बन्द हुने गर्छ, त्यस्ता कम्पनीका महाप्रबन्धक प्रेमशंकर सिंहलाई चाहीँ एकपटक होइन तीन तीन पटक जिम्मेवारी थप्न सरकारलाई कहिले गार्हो भएन ।

सरकारी स्वामित्वको हेटौडा सिमेन्ट कारखानाबाट उत्पादन हुने सिमेन्टको नेपाली बजारमा राम्रो माग छ । देशभरिमा करिब एक हजार बढी अधिकृत बिक्रेता रहेको सिमेन्ट कारखानामा सिंहले जिम्मेवारी लिएपछि अहिले मुश्किलले एक सय पचास अधिकृत बिक्रेता मात्रै बाकी छन् । बिक्रेता अभावकै कारण उत्पादित सिमेन्ट बजारसम्म पुग्न नसक्दा, तीन महिना अघि उत्पादन भएको करिब २ लाख बोरा सिमेन्ट गोदाममै थन्काएर राखेको छ ।

त्यसैगरी चल्ने गाडीलाई बालबालिका ओसार्ने काममा लगाई, अनि कारखानाकै एक पूर्व कर्मचारी तथा एक जिल्लास्तरीय नेताको कम्पनिसँग २ वटा गाडी बार्षिक १ करोड १४ लाख रुपैयाँमा सम्झौता गरी कर्मचारी ओसारिरहेको छ । जबकि कोभिड १९ को कारण बिद्यालय पूर्णरुपमा बन्द छ र उद्योग पनि २०प्रतिशत मात्रै संचालनमा छ । यतिबेला कारखानाकै गाडी चलाएर खर्च कम गर्नुको साटो संस्थाको चल्ने गाडी थन्काएर बाहिरको महँगो गाडी गुडाएको पनि सिंह माथि आरोप छ ।

अब अर्को सन्जोग, यो कारखाना जहिले पनि सिजनमै महिनौ महिनासम्म बिग्रिने गर्छ । जबकि महाप्रबन्धक सिंह करिब ८ बर्षदेखि यहाँको जिम्मेवारी सम्हाल्दै आइरहेका छन्, तैपनि सिजनमै मेसिन बिग्रने रोगलाई अझै सुधार्न सकेका छैनन् । बरु हेटौडा सिमेन्ट कारखानाको सिजनमै बिग्रिने रोगको कारण हेटौडामै रहेको अन्य सिमेन्ट कारखानालाई भने व्यापार गर्न निकै सजिलो बनाएको आरोप छ ।

महाप्रबन्धक सिंह जसले सिमेन्ट कारखानामा बार्षिक करोडौँ रुपैयाको भार थप्या थप्यै छ, प्राप्त जानकारी अनुसार १२ करोड ऋणको ब्याज नतिर्दा अहिलेसम्म सावा ब्याज गरी कुल बुझाउनु पर्ने रकम ४२ करोड रुपैयाँ पुग्या छ । त्यस्तालाई कारवाहीको साटो उसैलाई कार्यकाल थपेर पुरस्कृत गरेको छ ।

तर जसले एउटै कार्यकालमा लामो लोडसेडिङ मात्रै हटाएन बरु संस्थाको चुवाहट रोकेर संस्थालाई अर्बौ रुपैया नाफा कमाएर दियो त्यस्ता व्यक्तिलाई एकपटक कार्यकाल थप्न सरकारलाई हम्मे .. हम्मे भएको छ । होइन सरकारलाई कस्तो मान्छे चाहिएको हो, सिंह कि घिसिङ ?

Comment