टुटुदैन फुट्दैन भनिएका शक्तिलाई अब जनताकोे शक्तिले परास्त पार्छ, ‘हनुमान’ले जित्ने दिन गए :नेता मिश्र



काठमाडौं ३१ भदौ । जनता समाज पार्टीका संयोजक नेता रविन्द्र मिश्रले नेपाली जनताका कुलमानले हारेर अब हनुमानले जित्ने दिनको अन्त्य हुँदै छ भनी टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको छ भनी ठोकुवा गरेका छन् ।

नेकपा ओलीको सरकारले आफ्नो मात्र स्वार्थ पुर्ति गर्न दोस्रो पटक प्राधिकरणका कार्यकारी प्रमुख कुलमान घिसिङलाई नियुक्तती नगरेकोमा नेता मिश्रले यसो भनेका हुन् । चार वर्षे कार्यकाल सकिएपछि स सम्मान बिदा भएका घिसिङको लागि अहिले समाजिक सञ्जाल तथा देशका सविभिन्न ठाँउमा प्रर्दशन भइरहेको छ । जनताले सरकार चलाउन पुयाएको ओली सरकारले जनताको विश्वास भने तोडेको छ ।

उनले सामाजिक सञ्जाल ट्वीटर मार्फत यस्तो भनेका छन् । अझै केही वर्ष नेपाली राजनीतिमा ‘कुलमानहरू’ले हारेर ‘हनुमानहरू’ र ‘किशोर थापाहरू’ले हारेर विद्यासुन्दरुहरू जितिरहने छन्। तर अब धेरै समय पर्खनु नपर्ला। टुट्दैन र फुट्दैन भनिएका धेरै शक्तिहरूलाई जनताको शक्तिले परास्त गरेको छ। अति सर्वत्र वर्जयेत, जो भनिन्छ।

Comment