कोरोना संक्रमित महिलाले दिइन् स्वस्थ शिशुलाई जन्म, बच्चा र आमा दुवैको अवस्था सामान्य



बनेपा- धुलिखेल अस्पतालमा कोरोना संक्रमित गर्भवतीले स्वस्थ बच्चालाई जन्म दिएकी छन् । सोमबार दिउँसो ३ बजे कोरोना भाइरस संक्रमित भक्तपुरकी २८ वर्षीय एक गर्भवतीले छोरी जन्म दिएकी हुन् । यनको शल्यक्रियामार्फत् छोरी जन्माएको अस्पतालले जनाएको छ ।

संक्रमित गर्भवतीलाई आइतबार प्रसूति कक्षमा भर्ना गरिएकोमा सोमबार कोरोना पुष्टि भएको थियो । अहिले आमा र बच्चा दुबैको अवस्था सामान्य रहेको बताइएको छ ।

योसँगै अस्पतालको शल्यक्रियामार्फत् पहिलो प्रसूति सफल भएको छ । यसअघि भदौ १७ गते धुलिखेल अस्पतालमा कोरोनाभाइरस संक्रमित ३४ वर्षीया गर्भवती नर्मल डेलिभरी भएको थियो।

Comment