नेपालमा आज १ हजार ६८ जनाले कोरोनालाई जितेर घर फर्किए



काठमाडौँ । नेपालमा आज १ हजार ६८ जनाले कोरोनालाई जितेर घर फर्किएका छन् । यो सहित नेपालमा कोरोनालाई जित्नेको संख्या ४१ हजार ७०० पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार आज देशभर १०४९४ जनाको पिसिआर गरिएकोमा १५ सय ३९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार आज १०४९४ जनामा गरिएको परिक्षणमा १५ सय ३९ जनामा पोजेटिभ देखिएको हो । नेपालमा कोरोनालाई जित्नेको प्रतिशत ७१ दशमलव ५ प्रतिशत रहेको छ ।

Comment