कोरोनाले आत्तिएका मोदीले चाले यस्तो कदम, रुसले बनाएको कोरोनाको खोप १० करोड डोज किन्ने



काठमाडौं-रुसले भारतलाई १० करोड डोज कोरोना खोप बेच्ने भएको छ । समाचारमा जनाइए अनुसार रुसले कोरोना भाइरसविरुद्धको पहिलो खोप दाबी गरेको स्पुतनिक भी भारतीय औषधि कम्पनी डाक्टर रेड्डिज ल्याबरेटरिजलाई बेच्न लागेको बताइएको छ ।

भारतको रेड्डिज ल्याबरेटरिजले स्पुतनिक भीको तेस्रो चरणको क्लिनिकल परीक्षण पनि भारतमै गर्ने बताइएको छ । भारतमा कोरोना खोपको आपूर्ति सन् २०२० को अन्तिमबाट सुरु हुन सक्ने आरडीआईएफले बताएको छ ।

यसअघि काजाकिस्तान, ब्राजिल र मेक्सिकोसँग खोप आपूर्तिको सम्झौता भइसकेको समाचारमा जनाइएको छ ।

रुसले पछिल्लो समय आफ्नो खोपको वितरण विश्वभर विस्तार गर्ने दिशामा लगिरहेको छ । कोरोना भाइरसविरुद्धको खोपको घोषणा गर्ने पहिलो मुलुकमा अहिले सम्म रुस रहेको छ ।

Comment