कोरोना कहरकाबिच भोलीदेखि लामो दुरीको यातायात सञ्चालनमा आउँदै



काठमाडौं । कोरोना कहरकाबिच भोली अर्थात बिहीबारदेखि देशभर लामो दुरीको सार्वजनिक यातायात सञ्चालनमा आउने भएका छन् । विगत ६ महिनादेखि भएको लकडाउनलाई खुकुलो बनाउँदै लगेको ओली सरकारले कोरोना महामारी काठमाडौँ उपत्यका लगायत देशभर डरलाग्ने गरी बढेका बेला लामो दुरीको यातायात संचालनमा ल्याउन लागिएको हो ।

लामो दुरीको यातायात मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार बिहीबारदेखि सञ्चालन हुने निर्णय गरे लगत्तै आज नेपाल यातायात व्यवसायी महासंघ र तीनवटा मजदुर टेड युनियनले संयुक्त रुपमा छलफल गरेर लामो, छोटो दुरीका सबै गाडी सञ्चालन गर्ने कुरामा सहमती जनाएका छन् ।

लामो दुरीका गाडीले ५० प्रतिशतसम्म भाडा बढाएर संचालनमा ल्याउन लागेका हुन् । गाडीको सिट क्षमताको आधा मात्र यात्रु राख्नुपर्ने र चालक, सहचालकले मास्क, सेनिटाइजर अनिवार्य प्रयोग गरेर मात्र सवारी संचालनमा ल्याउन पाइनेछ ।

Comment