यस्तो बनेर आयो अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ को टिजर



काठमाडौ । बलिउड चर्चित अभिनेता अक्षय कुमार अभिनित चलचित्र ‘लक्ष्मी बम’ को टिजर सार्वजनिक भएको छ। उक्त टिजर बुधबार सार्वजनिक भएको हो ।

नोभेम्बर ९ मा रिलिज हुने तयारीमा रहेको यस चलचित्रमा अभिनेता अक्षय कुमार अहिले सम्मकै फरक अबतारमा देखा परेका छन् । तिहारमा रिलिज हुने फिल्म ‘लक्ष्मी बम’ डिजिटल प्लेटफर्ममा रिलिज हुनेछ बताइएको छ ।

अक्षकुमारको मुल्य भुमिका रहेको उक्त चलचित्रमा अभिनेत्री कियरा आडवाणीको पनि अभिनय रहेको छ ।

Comment