काठमाडौँमा कोरोना डरलाग्नेगरी बढेकै बेला भोलीदेखि चन्द्रागिरि केवलकार पनि सञ्चालन हुँदै



काठमाडौं । कोरोना कहर सुरु भएदेखि नै बन्द भएको चन्द्रागिरि केवलकार भोली अथार्एत असोज १ गतेदेखि संचालनमा आउने भएको छ ।

चन्द्रागिरि केवलकार भाद्र २९ गते बसेको नेपाल सरकारको मन्त्री परिषदको निर्णयलाई टेकेर ६ महिनादेखि बन्द भएको केवलकार खोलन्े निर्णय गरिएको हो ।

चन्द्रागिरि हिल्सका अनुसार चन्द्रागिरि केबलकार पनि विशेष सुरक्षा विधि अपनाएर भोलिदेखि सञ्चालनमा आउने तयारी गरिएको छ ।

चन्द्रागिरी हिल्स प्रालिका महाप्रवन्धक अभिषेकविक्रम शाहका अनुसार एउटा कारमा यसअघि ८ जना मात्रै यात्रा गर्दै आएकोमा अब भने कोरोना भाइरसको संक्रमण फैलिनबाट बच्न सरकारले तोकेको सम्पूर्ण मापदण्ड पूरा गरी एउटा कारमा जम्मा ४ जना मात्रै राखेर केवलकार संचालनमा ल्याइनेछ ।

Comment