भोलीदेखि चल्ने भनेको आन्तरिक उडान अन्तत अन्तिम समयमा आएर नचल्ने भयो, कारण यस्तो



काठमाडौं । ५० प्रतिशत मात्रै यात्रु बोकेर उडान गर्न सम्भव नरहेको भन्दै निजी वायुसेवा सञ्चालक संघले तत्कालै उडान संचालन गर्न नसक्ने जनाएको छ ।

सरकारले भोली अर्थात असोज १ गतेदेखि आन्तरिक उडान खोल्ने निर्णय गरेको भएता पनि निजी वायुसेवा सञ्चालक संघले
५० प्रतिशत यात्रु बोक्दा टिकटको दर पनि दोब्बर पर्ने भएकाले यात्रुले अफोर्ड गर्न नसक्ने भएका कारण तत्कालै उडान संचालनमा ल्याउन नसक्ने संघको प्रथम उपाध्यक्ष अनाज रिमालद्धारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ ।

हवाइ सञ्चालकहरुले आन्तरिक उडान खोल्न माग गरेबमोजिम सरकारले निर्णय गरेपनि अहिले अन्तिम समयमा आएर निजी वायुसेवा सञ्चालक फेरी ब्याक हुन पुगेको छ ।

Comment