आज नरेन्द्र मोदीको जन्मदिन, एकाबिहानै प्रधानमन्त्री केपी ओलीले यसरी सम्झिए मोदीलाई



काठमाडौं । आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जन्मदिन परेको छ । सन् १९५० को सेप्टेम्बर १७ मा जन्मिएका मोदी ७० वर्ष पुगेका छन्।

१३ वर्ष गुजरातको मुख्यमन्त्री भएका मोदी भारतको प्रधानमन्त्रीको रुपमा दोस्रो कार्यकालमा रहेका छन्। जन्मदिनको अवसरमा मोदीलाई प्रधानमन्त्री केपी शर्मा ओलीले जन्मदिनको शुभकामना दिएका छन्।

ओलीले ट्विट मार्फत मोदीलाई शुभकामना दिँदै ओलीले दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनका लागि निरन्तर काम गर्ने उल्लेख गरेका छन्। ओलीको शुभकामना सन्देशमा सुस्वास्थ्य र खुशीको कामना गरिएको छ।

Comment