दर्शन गर्न पाउनुपर्ने भन्दै पशुपतिमा भक्तजनको प्रदर्शन, भक्तजनहरु र प्रहरीबीच घम्साघम्सी



काठमाडौं- दर्शनका लागि मन्दिर खुला गर्न मागसहित पशुपतिमा भक्तजनले प्रर्दशन गरेका छन् । आज बिहान पशुपति क्षेत्रमा पुगेर दर्शनार्थीले मन्दिर छिर्ने प्रयास गर्दै नाराबाजी र प्रदर्शन गरेपछि प्रदर्शनकारीलाई प्रहरीले लखेटेको छ ।
प्रर्दशनकारीले आफ्नो धार्मिक आस्थामा सरकारले आक्रमण गरेको भन्दै सरकारविरुद्ध नाराबाजी समेत गरेका छन्।

पशुपति आसपासमा अहिले भक्तजनहरु र प्रहरीबीच घम्साघम्सी भइरहेको बताइएको छ ।कोरोना नियन्त्रणका लागी भन्दै चैत ७ गतेदेखि पशुपति क्षेत्रमा भक्तजनलाई पूर्ण रुपमा प्रवेशम रोक लगाएको हो । योजनाबद्ध रुपमा पशुपतिनाथ लगायका आपसका मन्दिर खुला गर्नुपर्ने भक्तजनहरुको माग रहेको छ ।

Comment