हिजो बढेको सुनको मुुल्य आज भने ह्वात्तै घट्यो



काठमाडौ । नेपाली बजारमा बिहिबार सुनको मुल्य घटेको छ ।

बुधबार तोलामा ९७ हजार ५०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार ९००रुपैयाँले घटेर तोलामा ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुन तोलामा ९६ हजार १०० रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदीको मुल्य तोलामा १३४० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।

Comment