कोरोना कहर, कन्ट्याक्ट ट्रेसिङमा परे काँग्रेस सभापति देउवा



काठमाडौं । काँग्रेस सभापति शेरबहादुर देउवा कन्ट्याक्ट ट्रेसिङमा परेका छन् । देउवाको नीजि सचिवालयमा कार्यरत एक जनामा कोरोना देखिएपछि उनी कन्ट्याक्ट ट्रेसिङमा परेका हुन् । कन्ट्याक्ट ट्रेसिङमा परे पछि उनी अहिले
होम आइसोलेसनमा बसेको बताइएको छ ।

एक जनाको रिपोर्ट पोजेटिभ आएसँगै सभापति बालुवाटार बैठकमा सहभागी नहुने निश्चित भएको छ । सचिवालयमा कार्यरत अन्य चार जनाको रिपोर्ट भने नेगेटिभ आएको छ ।

अहिले देउवाको स्वाब संकलनको तयारी भइरहेको छ । देउवा होम आइसोलेसनमा बसेसँगै बिहीबारका लागि तय भएको सत्तारुढ र प्रमुख प्रतिपक्षीबीचको छलफल पनि स्थगित हुने भएका छन् ।

Comment