निर्वाचन सकिएको चार वर्षपछि नतिजा उल्टियो — OSNepal

निर्वाचन सकिएको चार वर्षपछि नतिजा उल्टियो

LC (KTM) October 24, 2021 0

महोत्तरी ७ कात्तिक । महोत्तरीको मनरा सिस्वा नगरपालिका वडा नम्बर ५ को स्थानीय तहको निर्वाचन सकिएको चार वर्षपछि नतिजा उल्टिएको छ ।

स्वतन्त्र उम्मेदवार रमेश रायले उच्च अदालत जनकपुरधाममा दायर गरेको मुद्दाको सुनुवाइ गर्दै आज आइतबार सर्वोच्च अदालतले मतगणनाका लागि दिएको आदेशको चार वर्षपछि पुनः आइतबार जनकपुर उच्च अदालतको सभाहलमा मतगणना हुँदा राय विजयी भएका हुन् ।

रायले २६८ मत ल्याएका छन् । हाल सम्म वडाध्यक्षको भुमिका निर्वाह गरेका अरुणकुमार चौधरीले २६६ मत ल्याएको बताइएको छ । २०७४ साल असोज २ गते भएको स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसबाट उम्मेदवार रहेका चौधरी र रायको
मत बराबरी आएपछि गोला प्रथाबाट अध्यक्ष चुनिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर