रियल मड्रिड संग बार्सिलोना पराजित — OSNepal

रियल मड्रिड संग बार्सिलोना पराजित

LC (KTM) October 24, 2021 0

रियल मड्रिडले स्पेनिस ला लिगा अन्तर्गत सिजनको पहिलो खेलमा जित निकाल्न सफल भएको छ । आज राती सम्पन्न खेलमा रियलले बार्सिलोनालाई स्तब्ध बनाएको हो । रियलले दुई एक गोल अन्तरको जित निकालेको हो ।बार्सिलोनाको मैदानमा रियललाई जित दिलाउन डेभिड अलाबा र लुकास भास्क्वेजले एक एक गोल गरे।

बार्सिलोनाका सर्जियो अग्युरोले एक गोल फर्काए पनि जितका लागि पर्याप्त बनेनन ।रोड्रिगोको पासमा अलबाले खेलको ३२ औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाएका थिए ।खेलको इन्जुरी समयमा भास्क्वेजले गोल गर्दै रियललाई दुई शुन्य को अग्रता दिलाए ।

त्यसपछि खेलको इन्जुरी समयमा अग्युरोले एक गोल फर्काएपनि रियल दुई एक ले विजयी भयो । आजको जितसँगै रियल शीर्ष स्थानमा उक्लिएको छ । रियलले ९ खेलमा २० अंक जोडेको छ ।बार्सिलोना १५ अंक जोडेर आठौं स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर