जेलबाट आर्यन खानलाई छुटाउन एनसीबीले शाहरुखसँग २५ करोड रुपैया मागेको खुलासा — OSNepal

जेलबाट आर्यन खानलाई छुटाउन एनसीबीले शाहरुखसँग २५ करोड रुपैया मागेको खुलासा

LC (KTM) October 25, 2021 0

बलिउड सुपरस्टार शाहरुख खानका छोरा आर्यन खानको ड्रग्स केसमा नयाँ ट्वीस्ट थपिएको छ । किरण गोस्वामीका बडिगार्ड समेत रहेका प्रभाकर सैलले एक सपथपत्रमा कैयौ छक्क पार्ने खालका दाबी गरेका छन् । प्रभाकरले आजतक संगको कुराकानीका क्रममा गोसावीले आर्यन खानलाई छोड्नको लागि २५ करोड रुपैया मागेका थिए । सैलको सपथपत्रमा यो माग गोसावीले एनसीबी चीफ समीर वानखडेका तर्फबाट कुरा अघि बढाएका थिए ।

प्रभाकर यस क्रुज ड्रग्स केसमा एनसीबीको साक्षीको रुपमा रहेका छन् । प्रभाकर सैलले आफ्नो नोटरीकृत सपथपत्रमा बताएका छन् कि क्रुजमा रेड हाने पछिको ड्रामाको समयमा उनी त्यहि रहेका थिए । उनले किरण गोसावी तथा सैम नाम गरेका एक ब्यक्ति एनसीबीको कार्यालय परिषरमा भेट गरिरहेको देखेका थिए । सैलले दाबी गरेका छन् कि गोसावी तथा सैम लोअर परेल गएका थिए जहाँ एक निलो कलरको गाडी आएको थियो ।

प्रभाकर सैलले दाबी गरेका छन् कि उनले शाहरुख खानकी म्यानेजर पुजा डडलानी उक्त निलो कारमा बसेकी थिईन् । प्रभाकरका अनुसार गोसावी तथा सैमले आफ्नो बताचितको क्रममा २५ करोड रुपैया मागेका थिए तर १८ करोडमा मामला सेटल गर्नका लागि राजि भएका थिए । गोसावीले भनेका थिएकि त्यो १८ करोड मध्ये ८ करोड समीर वानखडे लाई जान्छ र बाँकी पैसा एक अर्कामा बाँडफाँड गर्ने सर्त थियो ।

अघिल्लो बिहान प्रभाकर सैललाई टोरेडोमा पठाइएको थियो जहाँ एक सेतो कलरको गाडी बाट ५० लाख रुपैया लिइएको थियो । तर एनसीबीले भने प्रभाकरले कसैको कुरा सुनेर यो आरोप लगाईरहेको एनसीबीले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर