नेपालसँग व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा छ : चिनियाँ राष्ट्रपति सी



काठमाडौं-चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालसँग व्यावहारिक सहयोग विकास गर्ने इच्छा रहेको बताएका छन् । स‌ंविधान दिवसका अवसरमा आइतबार समकक्षी विद्यादेवी भण्डारीलाई शुभकामना सन्देश पठाउँदै उनले यस्तो विचार राखेका हुन् ।सीले नेपाल(चीन सम्बन्धको विकासलाई आफूले उच्च ध्यान दिएको भन्दै आपसी सम्बन्ध र विभिन्न क्षेत्रका व्यावहारिक सहयोगलाई थप विकास गर्ने जनाएका हुन् ।

सन्देशमा सीले गत वर्ष आफू र राष्ट्रपति भण्डारीबाट भएको आपसी भ्रमणको पनि स्मरण गर्दै भ्रमणबाट दौत्य सम्बन्ध मैत्रीपूर्ण रणनीतिक सहयोग साझेदारीमा उक्लिएको उल्लेख गरेका छन् ।

दुई देशले कोभिड-१९ महामारीविरुद्ध सहकार्य गरेबाट आपसी मित्रता अझ सुदृढ तथा गहिरो भएको पनि सीले बताए । उनले व्यावहारिक सहयोगलाई थप विकास गरी दुई देशका जनतामाझ अरू लाभ पुर्याउने इच्छा रहेको बताएका छन् ।

Comment