अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउदै, यस्ता व्यक्तिले भने लगाउन नपाउने — OSNepal

अमेरिकाले अनुदान दिएको फाइजर खोप आज नेपाल आउदै, यस्ता व्यक्तिले भने लगाउन नपाउने

LC (KTM) October 25, 2021 0

काठमान्डौ, ८ कात्तिक-अमेरिकाले नेपाललाई अनुदानस्वरुप प्रदान गरेको कोभिडबिरुद्धको फाइजर खोप आज नेपाल आउदैछ । अमेरिकाले अनुदान दिएको १ लाख ६२० डोज खोप आज आउन लागेको नेपालस्थित अमेरिकी दूताबासले जानाकारी दिएको छ ।

अमेरिकाले यसअघि जुलाईमा १० जोनसन एन्ड जोनसनको १० लाख ५३ हजार डोज खोप सहयोग गरेको थियो ।१२ वर्षमाथि र १८ वर्ष मुनिका बालबालिकामा लगाउन मिल्ने भए पनि बालबालिकाले भने खोप लगाउन पाउने छैनन् ।
अस्पतालमा उपचाररत् क्यान्सर, मुटु तथा मधुमेह, दम र एचआइभीलगायत रोग प्रतिरोधात्मक क्षमता कम भएका ब्यक्तिहरुलाई यो खोप दिइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।नेपालमा पहिलो पटक भित्रिएको फाइजरको खोपलाई ट्रयालको रुपमा प्रयोग गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर