भारतमा कोरोना संक्रमितमध्ये ४४ लाख ९४ हजार ७२० जनाले कोरोनालाई जितेर घर फर्किए



काठमाडौं – भारतमा कोरोना भाइरस संक्रमितको संख्या दैनिक बढ्दै गइरहेको छ । भारतमा पछिल्लो २४ घण्टामा मात्रै ७४ हजारभन्दा बढीमा संक्रमण देखिएको छ ।

यो सँगै कोरोना संक्रमितको संख्यासाढे ५५ लाख नाघेको वर्ल्डोमिटर्सले जनाएको छ । मंगलबार भारतमा ७४ हजार ४९३ जनामा संक्रमण पुष्टि भएसँगै संक्रमितको संख्या ५५ लाख ६० हजार १०५ पुगेको हो ।

संक्रमितमध्ये अहिलेसम्म ४४ लाख ९४ हजार ७२० जनाले कोरोनालाई जितेर घर फर्केका छन् ।भने १० लाख ७६ हजार ४२० जनाको उपचार भइरहेको छ । यस्तै पछिल्लो २४ घण्टामा १ हजार ५६ जनाको मृत्यु भएको छ । यो सँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ८८ हजार ९६५ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

Comment