आज रातिबाट देशैभरका नदीमा बहाव बढ्ने, ११ गतेसम्म सतर्क रहन आग्रह



काठमाडौं, ६ असोज । आज रातिबाट अगामी ११ गते सम्म देशका सबै नदीहरुमा बहाव बढ्ने भएको छ । बाढी पूर्वानुमान महाशाका अनुसार आज रातिबाट पानी पर्न सुरु हुने भएकाले ११ गते सम्म नदी किनार क्षेत्रमा कुनै पनि क्रियाकलाप नगर्न आग्रह गरिएको छ ।

असोज ७ गतेदेखि १० गतेसम्म देशैभरका नदीहरुमा बहाव उच्च हुने पूर्वानुमान महाशाखाले गरेको छ । नेपालका विभिन्न भागमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

Comment