आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलामा कति पुग्यो — OSNepal

आज पनि बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलामा कति पुग्यो

LC (KTM) October 25, 2021 0

काठमाडौं । नेपाली बजारमा सोमबार पनि सुनको मुल्य बढेको छ ।

आइतबार प्रतितोला ९२ हजार १ सयमा कारोबार भएको छापावाल सुनको मुल्य आज तोलामा तीन सय रुपैयाँले बढेर प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको मूल्य ९१ हजार ९ सय मा किनबेच भएको जनाइएको छ ।

त्यस्तैगरी आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी प्रतितोला १२६५ रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर