सस्तो र भरपर्दो यात्रा मानिएको लामो दुरीका साझा बस पनि भोलिबाट चल्ने



काठमाडौं । करिब ६ महिनादेखि रोकिएका सस्तो र भरपर्दो यात्रा मानिने साझा यातायातले लामो दुरीमा पनि बस सेवा सञ्चालन गर्ने भएको छ । साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेका अनुसार साझा बसहरु भोलिदेखि संचालनमा आउने भएका छन् ।

साझाका अनुसार पहिलो चरणमा काठमाडौं–पोखरा–कुस्मा–बागलुङ र काठमाडौ–बुटवल–भैरहवा–सुनौली रुटमा बस सञ्चालन हुनेछ ।

लामो समयदेखि थन्किएका बसहरु भोली साँझ ७ बजे नयाँ बसपार्कबाट छुट्ने साझाका निमित्त प्रमुख कार्यकारी अधिकृत महेन्द्रराज पाण्डेले ओएस नेपाललाई जानकारी दिए । कोरोनाको जोखिम देशभर बढीरहेका बेला आन्तरिक उडान र सार्वजनिक यातायात संचालमा ल्याएसँगै कोरोनाको जोखिम झनै बढेको छ ।

Comment