राप्रपाको चुनावचिन्ह हलो, एकता महाधिवेशन आउँदो बैशाखमा हुने : नेता थापा



काठमाडौ ६ असोज । राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको आज बसेको केन्द्रिय समितिको बैठकले राप्रपाको विधानलाई अन्तिरिम विधान मानी पार्टी दर्ता गर्ने सहमति भएको छ ।

गाई रहेको चुनाव चिन्ह पनि पार्टी एकताको लागि हलो हुने भएको छ । पार्टीकको झण्डामा भने रातो, पहेंलो र निलो रंगको बिचमा गाईको तस्विर हुने पनि केन्द्रिय समितिको बैंठकमा सहमति भएको छ । बैंठकमा राप्रपाको एकता महाधिवेशन २०७८ बैशाख २५ देखि २८ गते सम्म हुने निणर्य भएको अध्यक्ष थापाले ट्वीटर मार्फत सार्वजनिक गरेका छन् । आज बसेको राप्रपाको केन्द्रिय समितिको बैंठक नै राप्रपा पार्टीको इतिहासमा कोसेढुङगाको रुपमा हुने बुझिएको छ ।

अध्यक्ष थापाको ट्वीट : राप्रपा केन्द्रीय समितिको बैठकले
(राप्रपाको विधानलाई अन्तरीम विधान मानी पार्टी दर्ता गर्ने
( चुनावचिन्ह ‘हलो’ हुने
(रातो,पॅहेलो र निलो रंगको बिचमा ‘गाई’ रहेको झण्डा हुने
(एकता महाधिवेशन २०७८ बैशाख २५-२८गते गर्ने
निर्णय गरेको छ।
यो निर्णय राप्रपाको ईतिहासमा कोसेढुंगाको रूपमा रहनेछ

Comment