पार्टी एकताको जिम्मा अध्यक्षद्धय प्रम ओली, प्रचण्ड र पौडेललाई



काठमाडौं, ६ असोज । सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को आज बालुवाटारमा बसेको बैंठक सकिएको छ ।

बालुवाटार स्रोतले दिएको जानकारी अनुसार अबको दश दिनमा पार्टी एकताको सम्पुर्ण काम पुरा हुने भएको छ । बैंठकमा संवैधानिक तथा राजनितिक नियुक्ति पनि छिटो गर्न सुझाव दिएको छ ।

पार्टी एकता सम्पन्न गर्न अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड र महासचिव विष्णु पौडेललाई जिम्मा दिइएको प्रम ओलीका सल्लाहाकार सुर्य थापाले बताएका छन् ।

नेकपाको सचिवालय बैंठक आइतबार पेरिसडाडाँमा बसेको थियो ।

Comment