यो राजाको पंचायती शासन हो कि ! ओलीको कमाउनिष्ट शासन भन्दै आकोशित भए डा .भट्टराई



काठमाडौं, ६ असोज । नेपालका वरिष्ट नेता तथा पुर्व प्रधानमन्त्री , जनता समाज पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो भनी प्रश्न गरेका छन् ।

आज डा .केसीलाई नेपाल प्रहरीले गरेको अभद्रव्यवहार प्रति आक्रोशित हुँदै वरिष्ट नेता भट्टराईले ट्वीटरमा मार्फत यसो भनेका हुन् । स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. के सी ले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं भन्दै डा. भट्टराईले सत्याग्रहीलाई सम्मान गर्न त सिक भनेका छन् ।

भट्टराईको ट्वीट : यो राजाको निरंकुश पंचायती शासन हो कि ओलीको ‘कमाउनिष्ट’ शासन हो? डा. के सी का जनपक्षीय माग पूरा गर्न नसके कमसेकम सत्याग्रहीलाई सम्मान गर्न त सिक ! स्वास्थ्य क्षेत्रको सुधारनिम्ति डा. के सी ले मात्र लड्नुपर्ने स्थितिको अन्त्य गरौं!##SaveDrKC

Comment