मैले पनि अक्षय कुमारले जति ‘पारिश्रमिक पाउनुपर्छ’ : अभिनेत्री करीना



एजेन्सी- बलिउड नायिका करिना कपुरले आफुले पनि अक्षय कुमारले जति पारिश्रमिक पाउनु पर्ने बताएकी छन् । उनले गुड न्यूजको प्रमोशनको क्रममा करिनाले यस्तो बताएकी हुन् । उक्त शोमा कपिल शर्माले करिनालाई ’तपाई एउटा फिल्ममा अभिनय गरेको कति पारिश्रमिक लिनुहुन्छ वा लिन चाहनु हुन्छरु’ भन्ने प्रश्न गरेका थिए।

पारिश्रमिकको बारेमा बोल्दै करिनाले आफ्नो को­स्टार अक्षय कुमारको जति नै पारिश्रमिक चाहिने इच्छा व्यक्त गरेकी हुन् । उनले भनेकी छन् ।बलिउड इन्डस्ट्रीमा बिस्तारै परिवर्तन आँउदै छ । महिलाहरु पनि फिल्म क्षेत्रमा राम्रो काम गरिरहेका छन् । मलाई लाग्छ महिला र पुरुषबीच भेदभाव गर्नु हुँदैन ।

त्यसैले मैले पनि अक्षय कुमारको जति पारिश्रमिक पाउनुपर्छ उनले भनिन् ।पछिल्लो समय चलचित्र गुड न्यूजमा अक्षय कुमारसँगै काम गरेकी करीनाले यो बताउदा धेरै नायिकाहरुले प्रशंसा गरेका छन् ।

Comment