नायक भूवन केसीसँगको विवादपछि साम्राज्ञीमाथी निर्माताको उस्तै विश्वास



काठमाडौँ । चलचित्रज्ञ ड्रिम्स मार्फत नायक नायक भूवन केसीले नायिका सँगको विवादपछि साम्राज्ञीमा उस्तै विश्वास, फिल्म नचलेपनि माग गरिन् एउटै फिल्मबाट यति धेरै पारिश्रमिक साम्राज्ञी राज्यलक्ष्मी शाहलाई चलचित्रमा डेब्यू गराए । साम्राज्ञीले उक्त चलचित्रबाट सोच्दै नसोचेको प्रगती गरिन् ।

समय बित्दै गयो साम्राज्ञीले झरनाको बिग ब्यानर भनिने ए मेरो हजुर २’ ले कमाल नै गर्यो । त्यसपछि साम्राज्ञी स्टार बनिन् । तर उनको मुख्य अभिनय रहेका त्यसपछिका फिल्ममा दर्शकले खासै साम्राज्ञीलाई विश्वास गरेनन् । तर पनि निर्माताहरुले भने उनीमाथी आँखा चिम्लेर विश्वास गरिरहेका छन् । जसको उदाहरण सोमबार मात्रै देखियो ।

साम्राज्ञीले सोमबार ‘रेड वाइन’ नामक चलचित्र साइन गरेर चलचित्र उद्योग धरासायी बनेको यो समयमा पनि २ वटा चलचित्रमा काम पाइन् । यसअघि उनले नायक मनिष राउत, नायिका आना शर्माको पनि मुख्य भूमिका रहने एक चलचित्रमा काम गर्ने पक्का भइसकेपछि पल शाहसँग जोडी बाँध्नेगरी अमेरिकामा छायांकन हुने भनिएको चलचित्र ‘रेड वाइन’मा काम गर्न तयार भएकी छिन् ।

जसका लागि उनले १२ लाख रुपैयाँ डिमाण्ड गरेकी छिन् । १२ लाख लिएर काम गर्न लागेकी साम्रज्ञको ‘रेड वाइन’ले ड्रिम्स, ए मेरो हजुर २’ को जस्तै सुखद नतिजा निकालोस् ।

Comment