कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीन जना सुरक्षा अधिकारी जिम्मेवारीबाट मुक्त — OSNepal

कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीन जना सुरक्षा अधिकारी जिम्मेवारीबाट मुक्त

LC (KTM) October 25, 2021 0

काठमाडौं ८ कात्तिक । कार्यालय परिसरमै तास खेलेको भिडियो सार्वजनिक भएपछि सर्लाहीका तीन जना सुरक्षा अधिकारी कारबाहीमा परेका छन् ।

गृह मन्त्रालयले दिएको जानकारी अनुसार प्रमुख जिल्ला अधिकारी रामकुमार महतोसहित नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका प्रमुखलाई जिम्मेवारीबाट हटाइएको हो ।

प्रजिअ महतोको स्थानमा बाबुराम खतिवडालाई सर्लाही पठाइएको मन्त्रालयले जनाएको छ । नेपाल प्रहरीले एसपी सन्तोषसिंह राठौरको स्थानमा एसपी कृष्ण प्रसाईंलाई राखिएको छ ।

राठोरलाई प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सरुवा गरिएको छ । यसैगरी सशस्त्र प्रहरी बलका प्रमुख एसपी गंगाराम श्रेष्ठको स्थानमा पनि एसपी भरत खनियाँलाई जिम्मेवारी दिइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर