चितवन भरतपुरमा गणित र बिज्ञान ट्युसन पढाएर आफुपनि पढ्दै, सम्पर्क गर्न आग्रह



भरतपुर महानगरपालिका वार्ड न -५ निवाशी अतित पंगेनी सानै देखि अध्ययनमा रुचि राख्ने र आफुले जानेको कुरा सबै लाइ सिकाएर अझ सक्षम बन्नेमा बिश्वास राख्ने व्यक्ति भन्दा अतियुक्त नहोला। हाल ब्यास्लर अफ इनफर्मेसन टेक्नोलोजी अध्यनरत पंगेनीले घरमा केहि ग्रुप मिलाएर गणित र बिज्ञान ट्युसन पढाई रहनु भएको छ भने जूम क्लास बाट पनि ट्युसन क्लास सुचारु गर्दै हुनु हुन्छ।

मैले पढाएको बिद्यार्थीहरुको नतिजा राम्रो आएकोमा मलाई थप हौसला बढेको र आगामी दिन हरुमा नया बिद्यार्थीहरुलाई पढाउने सैलीमा थप टेवा पुग्ने कुरा ओएस नेपाल सगको छोटो कुराकानीमा जानकारी दिनु भएको थियो। आफुले ट्युसन पढाएर आफुपनि पढ्दै गर्दा थप उर्जा मिलेकोमा गर्व लाग्ने गरेको बताउनु भएको थियो। यदि १-१२ क्लास अध्यनरत बिद्यार्थीहरु गणित र बिज्ञान ट्युसन पढ्न इच्छुक हुनु हुन्छ भने सम्पर्क गर्न आग्रह गर्नु भएको छ। थप जानकारी ०५६- ४१८१७५ , ९८४५०५६३७५  मा सम्पर्क गरि लिन सकिनेछ।

Comment