सिलवाल ‘समाज सेवा रत्न’ पदकबाट सम्मानीत



काठमाडौँ । नेपाल अटोमोबयाल्स एशोशियसन (ल्ब्क्ब् )का कार्यकारी सदस्य श्री रमेश सिलवाललाई हालै नेपाल सरकारबाट “समाज सेवा रत्न” पदक प्राप्त हुदा नासा नेपालले गर्ब महसुस गरेको छ ।

सरकारले मन्त्रीपरिषदको सिफारिसमा ५९४ जनालाई विभिन्न मानपदवी, अलंकार र पदकबाट सम्मान गर्ने घोषणा गर्दा युवा समाजसेवी सिलवाललाई समाज सेवा रत्न नामक पदकबाट सम्मानीत गरिएको छ।

वि. सं. २०६७ मा १७ वर्षको उमेरमै ‘चिल्ड्रेन भिजन नेपाल’ नामक सामाजिक संस्था स्थापना गरि किशोर अवस्थाबाट नै समाजसेवा सुरु गरेका सिलवाल सबैभन्दा कम उमेरमा ‘समाज सेवा रत्न’ पदकबाट सम्मान हुने कीर्तिमान समेत बनाएका छन् ।

‘समाज सेवा रत्न’ पदक प्रदान गर्दै गर्ने सरकारको निर्णयले ‘समाजसेवी सिलवाललाई अझै समाजसेवा गर्ने उर्जा प्राप्त हुने छ । नासा नेपालमा पनि उनको योगदान रहेको छ ।

Comment