नेपालमा आज एकैदिन ४५७ जनाले कोरोनालाई जितेर घर फर्किए



काठमाडौँ । नेपालमा आज ४५७ जना संक्रमणमुक्त भएका छन् । यससँगै संक्रमणमुक्त हुनेको संख्या ५०४११ पुगेको छ । त्यस्तै आज नेपालमा १४९७ जनामा कोरोना कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

आज ११४४९ हजार पिसिआर परिक्षण गरिएकोमा १४९७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोनाको कहर दिनानुदिन बढ्दै गइरहेका बेला आज एकैदिन काठमाडौं उपत्यकामा ७५५ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा ६०९, ललितपुरमा ९५ र भक्तपुरमा ५१ जना संक्रमित भेटिएसँगै अवस्था झनै भयाभह बन्दै गएको छ ।

Comment