असोज १५ बाट चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आउने



काठमाडौं ८ असोज । वितगका वर्ष झै यो वर्षपनि यही असोज १५ बाट देशभर चाडपर्व लक्षित सुपथ मुल्य पसल सञ्चालनमा आउने भएको छ ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका प्रवक्ता डा नायायण प्रसाद रेग्मीले आउँदो असोज १५ बाट सरकारले सुपथ मुल्य पसल सञ्चालन गर्न लागेको जानकारी गराएका हुन् ।

हरेका वर्ष दशैं आउनुभन्दा १५ दिन अगाडी सञ्चालनमा आउने यो सुपथ मुल्य पसल यसपाली भने कोभिड १९ कोरोना भाइरसले गर्दा कुन कुन स्थानमा राखिने बारे छलफल भइरहेको पनि प्रवक्ता रेग्मीले जानकारी दिएका छन् ।

Comment